१ कार्तिक २०८३, आइतबार

संविधान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोविन्दराज ओझा (राजन)

संविधान हाम्रो देशको शान हो
संविधान सबैको पहिचान हो ।

यो देशको संविधान जो छ
मौलिक हक अधिकारहरू संविधानले सुनिश्चित गरेको छ ।
सबै जाति, भाषा, धर्मलाई सम्मान गरेको छ
सारा नेपालिहरूको सम्मान गरेको छ ।

लोकतान्त्रिक व्यवस्था संविधानले सुनिश्चित गरेको छ
सबैलाई आफ्नो कर्तव्यको बोध गराएको छ
स्वतन्त्र राष्ट्रको पहिचान संविधानले दिएको छ
सबैलाई न्याय दिनु यसको उद्देश्ये रहेको छ ।

देशमा शान्तिसुरक्षा प्रदान गर्न संविधानले बोलेको छ
संबिधानले नै देशलाई धर्म निरपेक्ष बनाएको छ
देशमा न्याय नपाएर रुनुपर्ने छैन
खान नपाएर भोको पेटमा बस्नुपर्ने छैन ।

बस्ने बास नभएकालाई बस्ने झुपडि बनाउनेछ
सबै गरिब वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्ने छ
गरिबी र बेरोजगारहरूलाई रोजगारीको व्यवस्था गर्ने छ
स्वतन्त्र बाँच्ने अधिकारको र गास, बास, कपासको सुनिश्चित गर्नेछ ।

देशमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरेको छ
संविधानले सबैलाई समान अधिकार दिएको छ
सबै देशवासीलाई मार्गदर्शन गरेको छ
सबै गरिब वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्ने छ ।

– दीपायल सिलगढी–२ दीपायल