
काठमाडौं, ८ कात्तिक । तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।
व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
उक्त पसल केही महिनाअघि ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिनुभयो । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब ७० लाखको क्षति भएको उनले बताए ।
आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको स्थानीयले बताएका छन् ।
स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।











प्रतिक्रिया