१ कार्तिक २०८३, आइतबार

अमेरिकाका राष्ट्रपति जो बाइडेनले मनाए दीपावली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः ह्वाइट हाउसको फेसबुक पेजबाट

काठमाडौं, ८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्दू धर्मावलम्बीहरूको पर्व दीपावली मनाएका छन् ।

बाइडेलले सोमबार राती सरकारी निवास ह्वाइट हाउसमा दीपावली मनाएका हुन् ।

राष्ट्रपति बाइडेनले उज्यालोको पर्व दीपावली मनाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले सन् २००९ देखि दीपावली मनाउँदै आएको हो ।

दीपावलीको अवसरमा कात्तिक ८ गते सॅाझ ह्वाइट हाउसमा आयोजित ‘दीपावली रिसेप्शन’ तथा सॉस्कृतिक कार्यक्रममा द्वीप प्रज्वलन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो इतिहास रहेको एसिया र अमेरिकी समुदायबीच दिपावली पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा निकै प्रशन्न देखिएकी उपराष्ट्रपति कमला ह्यारिसले संसारमा अन्धकारमाथि उज्यालो छर्न एवम् भाइचारा अभिवृद्धि, आपसी सद्भाव, विविधता र संस्कृतिसँग जोडिन दीपावली एउटा महत्वपूर्ण पर्वको रूपमा रहेको उल्लेख गरेकी छिन् ।

सॉस्कृतिक प्रस्तुतिसहित दीपावली पर्व मनाउन ह्वाइट हाउसमा भेला भएका सयौं मानिसहरूलाई स्वागत गर्दै प्रथम महिला जील बाइडेनले प्रकाशको ज्योतिसँग सम्बन्धित दीपावली पर्व मनाउन पाउनु आफ्ना लागि अभिस्मरणीय क्षण भएको बताइन् ।

राष्ट्रपति बाइडेनले एक बक्तव्य जारी गर्दै संयुक्त राज्य अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा रहेर दीपावली पर्व मनाउँदै गरेका सम्पूर्ण व्यक्ति समुदायमा सुख, शान्ति र सद्भावनाको सन्देश प्रवाह होस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, भुटान, फिजी, इन्डोनेसिया लगायतका एक अर्बभन्दा बढी मानिसले दीपावली पर्वलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।