२ कार्तिक २०८३, सोमबार

नेपाल सम्वतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्वतलाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् ।

चःमति टोल विकास समितिले काठमाडौंको चःमतिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्बतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका हुन् ।

नेपाल सम्वतले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उनले सरकारले नेपाल सम्वतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।

नेपालको गौरव तथा मौलिक सम्वत नेपाल सम्वतको तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनको भनाइ छ ।

नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रुपमा रहेको नेपाल सम्वतको संरक्षण, सम्वर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल सम्वतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिवद्धता समेत जनाएका छन् ।