१ कार्तिक २०८३, आइतबार

जर्जिया मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सपथ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोम, ७ असोज । जर्जिया मेलोनीले आइतबार औपचारिक रूपमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी छन् ।

चार हप्ता अघि उनको दक्षिणपन्थी पार्टीले आम चुनावमा जित हासिल गरेपछि उनी प्रधानमन्त्री चुनिएकी हुन् ।

रोममा आयोजित एक समारोहमा उनले निवर्तमान प्रधानमन्त्री मारियो द्राघीसँग ९० मिनेटको वार्ता गरेकी थिइन् ।

सो अवसरमा निवर्तमान प्रधानमन्त्री मारियोले वनियुक्त प्रधानमन्त्री मेलोनीलाई प्रतीकात्मक रूपमा क्याबिनेट बहसहरूमा प्रयोग हुने सानो घण्टी हस्तान्तरण गरेका थिए ।