
काठमाडौं, ६ कात्तिक । नेकपा एमालेले यही कात्तिक १५ गते मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र तयार भइसकेको भए पनि शुरू भएको तिहार र लगत्तै परेको छठ पर्वपछि मात्रै सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ ।
पार्टीले तयार गरेको घोषणापत्रमाथि अहिले घोषणापत्र निर्माण समितिका संयोजक समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै विभिन्न विषयविज्ञहरूले पनि अध्ययन गरिरहेको बताइएको छ ।















प्रतिक्रिया