२८ आश्विन २०८३, बुधबार

सन्दीपलाई थप २ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेमाथि अनुसन्धानका लागि चौथो पटक म्याद थप गरिएको हो । यसअघि अदालतले तेस्रो पटक कार्तिक २ गते चार दिनको म्याद दिएको थियो ।

गत भदौ २१ मा नाबालिकाले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

लामिछाने असोज २० गते पक्राउ परेका थिए ।