
काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेस दोलखाका क्षेत्रीय नेता कुलदेब आचार्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस दोलखाका क्षेत्रीय समितिका सदस्य रहेका आचार्य शनिबार एमालेमा प्रवेश गरेका हुन् । काडमाडौंमा आयोजित नेकपा एमाले बुलुङ–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठकमा पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गरुङले आचार्यलाई पार्टीमा स्वागत गरे ।

कांग्रेस नेतृत्वको कार्यशैली र गठबन्धनप्रति असहमति जनाउँदै कांग्रेस परित्याग गरेको आचार्यले बताएका छन् । गठबन्धन सरकारको पालामा बढेको महङ्गी र भ्रष्टाचारबाट देशको ढुकुटी बाँडचुँड खान नेताहरुले गठबन्धन गरेको प्रमाणित भएको उनको भनाइ छ ।
आफ्नो सिद्धान्त र विचारलाई तिलाञ्जली दिँदै प्रचण्डको इसारामा कांग्रेस हिँड्न थालेपछि पार्टी त्याग्न बाध्य भएको आचार्यले बताए ।















प्रतिक्रिया