२८ आश्विन २०८३, बुधबार

दोलखाका मतदाताहरु भन्छन्–गठबन्धन देश बिगार्ने तत्व हो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । दोलखाका मतदाताहरु गठबन्धन दलहरुसँग असन्तुष्ट देखिएका छ । मतदाताहरूले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चालगायत दलहरु देश बिगार्ने तत्व भएको बताए ।

जनमत प्राप्त कम्युनिष्ट सरकार अपदस्त गरी देशमा अस्थितिरता र अराजकता सृजना गर्न विदेशीको चाहनाबमोजिम गठबन्धन निर्माण भएको र त्यसले कहिल्यै पनि देश र जनताको हित नगर्ने उनीहरुको भनाई रहेको छ ।

शुक्रबार मतदाता भेटघाटका क्रममा भीमेश्वर नगरपालिका–७ स्थित उखुबारी पुगेको एमालेका उम्मेदवारहरूको टिमसँग कुराकानी गर्दै मतदाताहरुले गठबन्धनका कारण मुलुकको समग्र आर्थिक अवस्था क्षतविक्षत हुनुका साथै महंगी र भ्रष्टाचार चरम सीमामा पुगेको बताए ।

‘गठबन्धन भनेको देश बिगार्ने तत्व हो । यसले जनता र देशको हित गर्ने छाँट देखाएको छैन,’ बस्नेत थरका एक जना मतदाताले भने, ‘सबै पार्टीहरूमध्ये एमाले उन्नत लाग्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएका कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अडानबाट देशको शिर उच्च हुनुका साथै विदेशीले हेप्ने र चेप्ने अवस्थाबाट हामी माथि उठिरहेको अनुभूति हुन्छ । देशभित्र हामीले जतिसुकै दुःख र कष्ट झेलिरहेको भए पनि राष्ट्रियताको सवालमा ओलीले देखाएको अडानबाट हामीलाई आनन्द मिल्छ ।’