२ कार्तिक २०८३, सोमबार

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाद्वारा लाभांश पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७.८३ प्रतिशत लाभांश पारित भएको छ ।

इन्स्योरेन्सको १२औं वार्षिक साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गरेको छ । त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको प्रधान कार्यालय राजभवन, तीनकुनेमा सम्पन्न भएको इन्स्योरेन्सको साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरका लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पत्ति दायित्व मुल्याकंन गर्नका लागि मुल्याङ्कनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरू नियुक्ति, उनीहरुको पारिश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङ्कीय मूल्याङ्कनकर्ता नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।