
काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार बनेका गगन थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
कांग्रेसका महामन्त्री समेत रहेका उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको हो ।
निर्वाचन अभियानमा रहेका थापाले आफ्नो सामाजिक सञ्जालबाट सम्प्रेषण गरेको डेंगु परीक्षण तथा उपचारका लागि निःशुल्क सेवा प्रदान गर्ने सन्देशले मतदाता र जनतालाई प्रलोभनमा पारी प्रभावित बनाएको भन्दै बानेश्वरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको बताइएको छ ।
थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै आज उजुरी दर्ता भएको हो ।
काठमाडौं–४ मा एमालेका तर्फबाट राजन भट्टराई उम्मेदवार छन् ।















प्रतिक्रिया