१ कार्तिक २०८३, आइतबार

एमालेको चुनावी गीत ‘सूर्यमा भोट’ सार्वजनिक (भिडिओसहित)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेको चुनावी गीत ‘सूर्यमा भोट, जिताउन एमाले’ सार्वजनिक भएको छ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको हो ।

गीतमा अर्घाखाँची जिल्लाका नेकपा एमालेका उम्मेदवारहरूलाई जिताउन आग्रह गरिएको छ । नेकपा एमाले अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ टोपबहादुर रायमाझी उम्मेदवार छन् भने लुम्बिनी प्रदेशसभातर्फ (क) बाट चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरे छन् ।

भिडियोमा विगत १५ वर्षमा अर्घाखाँची जिल्लामा टोपबहादुर रायमाझीले गरेका कामहरूलाई जनतामाझ प्रष्ट हुने गरी देखाइएको छ । विकासको नाममा अरबौं रूपैयाँ ल्याएर सालझण्डी ढोरपाटन मोटरबाटो निर्माण गरिएका, धेरै पुल तथा नहर बनेका, नयाँ एयरपोर्ट बन्दै गरेको, हरेक वाडमा बाटो पुगेको जस्ता विकासका गतिबिधि समेटिएको गीत सार्वजनिक भएको हो ।

गीतमा रामजी पौडेल र बसन्त खनालको स्वर रहेको छ भने शब्द लीला जीसी र लय रामजी पौडेलको छ ।