
काठमाडौं, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।
निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरी मतदान गर्न उनले आह्वान समेत गरेका छन् ।















प्रतिक्रिया