
काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा दुई रुपैयाँ बढाउँदा उत्पात मच्चाउनेहरू चरम मूल्यवृद्धि हुँदा बेपत्ता भएको बताएका छन् ।
शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले गठबन्धन सरकारले सर्वसाधारणमाथि मूल्यवृद्धिको भारी बोकाएर सरकार भने भ्रष्टाचारमा लिप्त भएको बताएका छन् ।
‘हाम्रो समयमा पेट्रोलियम पदार्थमा दुई रुपैयाँ बढ्यो भने उत्पात हुन्थ्यो । किनभने कांग्रेस थियो, माओवादी थियो, अर्को थियो अर्को थियो । उनीहरूले उत्पात मच्चाउँथे, महङ्गी बढ्यो छोइसक्नु भएन भनेर,’ ओलीले भने, ‘अहिले महङ्गीले आकाश छोएको छ, कोही टाठाबाठा बोल्दैनन्, टाठाबाठा नबोलेपछि अरु जनतालाई थाहै नभएजस्तो भइरहेको छ । खुरुखुरु महङ्गीमा पैसा तिरेका छन् ।’















प्रतिक्रिया