१ कार्तिक २०८३, आइतबार

सीपीसीको २०औँ महाधिवेशन: राष्ट्रपति ‘सी’ तेस्रो कार्यकालका लागि अनुमोदित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । चिनिँया कम्युनिष्ट पार्टी सीपीसीको २०औँ महाधिवेशनले तेस्रो कार्यकालका लागि राष्ट्रपति ‘सी चिनफिङ’ लाई नै अनुमोदन गरेको छ ।

बेइजिङमा सम्पन्न अधिवेशनले सी लाई तेस्रो कार्यकालको लागि अनुमोदन गर्दै प्रधानमन्त्री ली छछ्याङलाई भने नदोहोर्याउने निर्णय गरेको हो ।

महाधिवेशनले सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्नेछ । महाधिवेशन एक साता चलेको थियो ।

महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिएका थिए ।