१ कार्तिक २०८३, आइतबार

सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिड्ने मध्यप्रदेशका उर्जामन्त्रीको घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ग्वालियर, मध्यप्रदेश, ५ कात्तिक । भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रधुम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त बाचा गरेका हुन् । उनले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि उनीहरूको दुःखले आफुलाई पीडाबोध भएको बताएका थिए ।

उनले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसकेको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई कडा निर्देशन दिएका थिए । तर सडक निर्माण धेरै टाढा छ, खाल्डाखुल्डी समेत पुरिएका छैनन् ।

यो भ्रमणमा तोमरले जनतासँग हात जोडेर माफी माग्दै सुधारको सङ्कल्पसमेत गरेका हुन् ।

उनले भने,“जबसम्म ग्वालियर विधानसभा निर्वाचन क्षेत्रको सडकको अवस्था सुधार हुँदैन, तबसम्म म चप्पल र जुत्ता लगाउने छैन । म खाली खुट्टा बस्नेछु ।”

उनले थपे, “खाली खुट्टा हिँड्दा गिट्टी र खराब सडकको पीडा महसुस हुन्छ भन्ने मेरो विश्वास छ । जनताको पीडाको मैले आफैले पनि अनुभव गर्नेछु ।”

सडक निगमका अधिकारीहरूलाई निर्देशन दिँदै उनीहरूलाई चाँडै सडकहरू ठीक गर्न भनिएको छ । लापरवाही गर्ने अधिकारी र कर्मचारीलाई कारवाही गरिने उनले बताए । रासस/एएनआई