२८ आश्विन २०८३, बुधबार

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन: केपी ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गरेका हुन् ।

उनले चुनावपछि बन्ने एमालेको सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे ।

ओलीले आफ्नो काम जनताको माया गर्ने र बिकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे । उनले अरुजस्तो फ्रि भिया फ्रि टिकट भनेर एमाले कहिल्यै नहिडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने बाचा गरेको बताए ।

अहिले जनतालाइ अल्मल्याउने नभई देशको बिकास गर्ने बेला भएको उनको भनाई छ । ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।