२ कार्तिक २०८३, सोमबार

‘पौरखी नेपाल’ र ‘मेरो नेपाल’लाई कारबाही गर्न काउन्सिलसमक्ष आयोगको पत्राचार !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगले मेचीकाली खबर नामक अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गरेको छ ।

अनलाइनमा प्रकाशित समाचार ‘पौरखी नेपाल’ तथा ‘मेरो नेपाल’ नामक फेसबुक पेजबाट शेयर भएको पाइएको आयोगले जनाएको छ ।

व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाइएको आयोगले जनाएको छ ।

रञ्जिता सिलवाल (चितवन)ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले कारबाहीका लागि काउन्सिललाई आग्रह गरेको हो ।