२८ आश्विन २०८३, बुधबार

इमरान खानले पाँच वर्ष चुनाव लड्न नपाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँचवर्ष चुनाव लड्न नपाउने भएका छन् ।

शुक्रबार निर्वाचन आयोगले खानले पाँचवर्ष चुनाव लड्न नपाउने फैसला सुनाएको हो । तोसाखाना मुद्दामा दोषि ठहर गर्दै आयोगले चुनाव लड्न नपाउने फैसला गरेको हो ।

प्रधानमन्त्री हुँदा खानले विदेशीबाट पाएका उपहारहरु बेचेको आयोगले ठहर गरेको हो । विदेशीले सरकारी अधिकारीलाई दिने अमूल्य उपहार तथा चिनोलाई ‘तोसाखाना’ भनिन्छ ।