२८ आश्विन २०८३, बुधबार

कोठामा गोप्य क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने होटेल म्यानेजर पक्राउ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । होटेलको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने होटल म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बाँसबारीस्थित रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर मुकेश मालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले होटेलमा बस्ने आउने पाहुनाहरुको कोठामा क्यामेरा लुकाई भिडियो रेकर्ड गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका-१५ का स्थायी बासिन्दा मालीको साथबाट प्रहरीले भिडियोहरुसमेत बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरि मालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।