२ कार्तिक २०८३, सोमबार

नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रेस काउन्सिल नेपालले आचारसंहिताविपरीत कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नागरिक दैनिकमा बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामग्रीमार्फत व्यंग्यसहितको कार्टुन चित्र प्रकाशित भएको थियो ।

काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधेको बताइएको छ ।

पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुनके कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको छ ।

पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।