
काठमाडौं, ४ कात्तिक । काठमाडौंका मिठाई पसलहरु असाध्यै दुर्गन्धित हुने गरेको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छापा मार्दा काठमाडौंको त्रिपुरेश्वरस्थित शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालिको मिठाइ पसलको भान्सा अत्यन्तै दुर्घन्धित पाइएको हो ।
विभागले २४ घण्टाका लागि पसल बन्द गरी सरसफाइ गर्न र सरसफाइ सकेको विवरणसहित विभागमा निवेदन दिन निर्देशन दिएको छ । अनुगमनको क्रममा अन्य मिठाई पसलको भान्सामा झिंगा, साङ्ला लगायतका अन्य किरा भेटिएको विभागले जनाएको छ ।
तिहार नजिकिएसँगै विभागले मिठाई पसलहरुको अनुगमनलाई तिव्रता दिएको छ ।











प्रतिक्रिया