२८ आश्विन २०८३, बुधबार

कमेडियन अपूर्व क्षितिज रिहा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । कमेडिका क्रममा नेवा समुदायप्रति चोट पुर्याएको आरोपमा प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजलाई रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी बुझाएर उनी रिहा भएका हुन् । न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले आज अपूर्वलाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालयले अपूर्वविरुद्व एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको थियो । गत भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा राखेपछि भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।

प्रहरीले उनलाई केही दिनअघि पुन: पक्राउ गरेको थियो ।