२८ आश्विन २०८३, बुधबार

युएईबाट आइएमईमार्फत पैसा पठाउने दुई जनाले जिते २५ हजार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाएर विजेता बनेका विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि.के, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

यस्तै, आइएमईले आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन गर्ने पनि जानकारी दिएको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनाले सामसुङ् मोबाइल पाउनेछन् ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार प्रदान गरिने जनाइएको छ । त्यस्तै अफर अवधिमा एक जना विजेतालाई दशलाख प्रदान गरिने बताइएको छ । अफर २०७८ साल कार्तिक गतेसम्म कायम रहनेछ ।