३ कार्तिक २०८३, मंगलबार

नेपालमा अमेरिकी डलरको मूल्य हालसम्म कै उच्च, कस्तो असर पर्ला नेपाली अर्थतन्त्रमा ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंक अनुसार १ अमेरिकी डलर खरिद गर्नको लागि १ सय १३२ रुपैयाँ ५४ नेपाली रुपैयाँ खर्चिनु पर्ने भएको छ ।

बिहीबारका लागि राष्ट्र बैंकको विनिमय दर एक डलर को खरिद दर १३२ रुपैयाँ ५४ र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको छ । सो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको छ भने डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्छ भने देशले लिएको वैदेशिक ऋणको भार समेत डलरको भाउ बढ्दा बढ्छ । तर डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स भने बढ्ने छ ।