काठमाडौं, २ कात्तिक । बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मृतकमध्ये अहिलेसम्म चार जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् ।
बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।











प्रतिक्रिया