४ कार्तिक २०८३, बुधबार

गाइघाटको मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । उदयपुरको गाइघाटमा मेगा बैंकले आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित जिल्ला मालपोत कार्यालयमा मेगाले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

एक्सटेन्सन काउन्टर विस्तारसँगै मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत हुने भएकाले सेवाग्राहीको सहजता र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ ।

मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।