३ मंसिर २०८३, बिहिबार

सहकारीभित्र छिरेर कर्मचारीमाथि गोली प्रहार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । सर्लाहीको बागमती नगरपालिकामा सहकारीका एक कर्मचारीमाथि गोली प्रहार भएको छ । सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने बर्ष कार्कीमाथि मिलनचोकमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयमा काम गरिरहेको अवस्थामा कार्यालयमा प्रवेश गरेका तीन जना अपरिचित व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।