
काठमाडौं, २ कात्तिक । कमेडियन अपूर्व क्षितिजविरुद्व अदालतमा ४ वटा मुद्वा दर्ता भएको छ ।
नेवार समुदायको आस्थामा चोट पुर्याएको आरोपमा पक्राउ परेका अपूर्वविरुद्व जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो ।
जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रितिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको हो ।
वार समुदायको आस्थामा चोट पुर्याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए ।
फेसबुकमार्फत माफी पनि मागेका थिए । तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भएको थियो । अपूर्व भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए ।
यसको चौतर्फी आलोचना भएपछि तारेखमा रिहा गरिएकोमा प्रहरीले उनलाई पुन पक्राउ गरेर आज अदालतमा उपस्थित गराएको हो ।











प्रतिक्रिया