
काठमाडौं, २ कात्तिक । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्ने तयारी भएको छ ।
म्याद थपको लागि प्रहरीले सन्दीपलाई आज बुधबार जिल्ला अदालत काठमाडौंमा लैजाने तयारी गरेको हो ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।











प्रतिक्रिया