२ कार्तिक २०८३, सोमबार

प्रचण्डको राजनीति गोरखाबाटै समाप्त हुन्छ : अब्दुस मियाँ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ कात्तिक । नेकपा एमालेका कान्छा उम्मेदवार अब्दुस सलाम मियाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति गोरखाबाटै समाप्त हुने बताएका छन् ।

गोखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका मियाँले प्रचण्ड राजनीतिक हिसाबमा खोक्रो र विचारशून्य भएर गोरखा प्रवेश गरेको बताउँदै यस्तो दाबी गरेका हुन् ।

पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्ने माओवादीलाई वीर गोरखाली जनताहरुले भोट नदिने बताउँदै उनले प्रचण्डले हार्नु नै देशको हितमा हुने बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ को (क) मा राजु लामा र (ख) मा बसन्त गुरुङ उम्मेदवार छन् ।