
दोलखा, १ कात्तिक । एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा कालिञ्चोक गाउँपालिकाका पूर्वअध्यक्ष विनकुमार थामीले निर्वाचनको संघारमा जातीय सद्भाव भड्काउने उद्देश्यले भइरहेको दुष्प्रचारप्रति खेद प्रकट गरेका छन् ।
राजनीतिक चरित्र हत्या गर्नेगरी भइरहेको दुष्प्रचार प्रतिशोधपूर्ण, दुरासययुक्त र वदनीयत गर्ने उद्देश्यले भइरहेकाले त्यस्ता दुष्प्रचारको पछि नालाग्न अनुरोध गर्दै उनले विज्ञप्तिमार्फत खेद प्रकट गरेका हुन् । दुष्प्रचारलाई हतियार बनाई भोटको राजनीति बन्द गर्न समेत उनले चेतावनी दिएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘निर्वाचनको सम्मुखमा मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी भइरहेको दुष्प्रचार प्रतिशोधपूर्ण, दुरासययुक्त र वदनीयतका साथ गरिएको कुरा स्पष्ट पार्न चाहन्छु । मेरो नाम भजाएर समुदायप्रति सहानुभूति राखेजस्तो नाटक गरेर सोझा सिधा जनता र समुदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने अनैतिक, अराजनीतिक गतिविधिको जति निन्दा गरे पनि कम हुन्छ ।’
एमालेले अंगिकार गरेको ‘जनताको वहुदलीय जनवाद’प्रति आफू प्रतिवद्ध रहेको स्पष्ट पार्दै उनले यही सिद्धान्त नै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको समुचित विकास गर्ने आधार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘म विगत लामो समयदेखि नेकपा एमालेले अगिंकार गरेको विचार र सिद्धान्तमा प्रतिबद्ध रहि यो पार्टीमा संगठित र क्रियाशील व्यक्ति हुँ’, उनले बिज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेले आत्मासाथ गरेको जनताको बहुदलीय जनबादको सिद्धान्तको प्रयोगबाटै आम नेपाली र उत्पीडित वर्ग, जात, क्षेत्र र लिंगका समुदाय अधिकार सम्पन्न हुनसक्छन् भन्ने मेरो दृढ विश्वास छ ।’
नाम भजाएर भोटको राजनीति गर्नुको सट्टा उत्पीडित, पिछडिएको समुदायहरूको हकहित र अधिकारको पक्षमा काम गरेर देखाउन उनले चुनौती नै दिएका छन् । ‘मेरो नाम भजाएर भोटको राजनीति गर्नुभन्दा उत्पीडित, पिछडिएको समुदायहरूको हकहित र अधिकारका लागि काम गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौती दिन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘ममाथि तत्कालीन समयमा भएको दुव्र्यबहार र आक्रमणको घटनालाई भोट बटुल्ने विषय नबनाउन र त्यसको भ्रममा नपर्न सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
मेरो नाम भजाएर समुदायप्रति सहानुभूति राखेजस्तो नाटक गरेर सोझा सिधा जनता र समुदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने अनैतिक, अराजनीतिक गतिविधिको जति निन्दा गरे पनि कम हुन्छ ।
नियतबस भइरहेका दुष्प्रचारले जातीय र क्षेत्रीय सद्भाव मात्र नभई आपसी मेलमिलाप र एकताबद्ध समाजलाई समेत भत्काउने हुँदा यस्ता विषयप्रति सचेत रहन उनको आग्रह छ । भ्रमका पछि नलागी निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गर्नसमेत उनले आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘आधारहीन र भ्रमपूर्ण प्रचारले द्वन्द्व र विग्रह सृजना गर्नसक्छ । कुनै राजनीतिक एजेण्डा नभएपछि भ्रमको सहारा लिनु लज्जाको विषय हो । यस्ता खाले भ्रमको खेती गर्ने तत्वहरूबाट आम जनता सचेत हुन र भ्रमको पछाडि नलाग्न हार्दिक अपिल गर्दछु । साथै, आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र एमालेका सम्पूर्ण उम्मेदवारहरूलाई सूर्य चिह्नमा मतदान गरी विजय गराउनुहुन सबैमा हार्दिक अनुरोध समेत गर्दछु ।’
विगतमा समेत समाजका अवान्छित तत्वहरूबाट मुलुकको विविधतालाई हतियार बनाई जातीय, क्षेत्रीय, धार्मिक र साम्प्रादायिक द्वन्द्व सृजना गर्ने दुष्प्रयास भएको र त्यसलाई एमालेकै कार्यकुशलताका कारण विफल बनाएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘विगतमा मुलुकको विविधतामा खेलेर जातीय, क्षेत्रीय, धार्मिक एवम् साम्प्रदायिक द्वन्द्व र विभाजन ल्याउने कोसिस गरिए पनि नेपालीहरूबीचको आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापलाई कसैले कमजोर बनाउन सकेन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘अझै पनि कतै विभेद, छुवाछुत र असमानताको अवशेषहरू बाँकी रहेका छन् भने त्यसको पनि अन्त्य हुनुपर्दछ ।’















प्रतिक्रिया