
काठमाडौं, १ कात्तिक । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्किएकी छन् ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीलगायतले रावललाई पार्टीमा स्वागत गरेका हुन् ।

संविधानसभा सदस्यसमेत रहेकी रावलले विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्नसक्ने र नेकपा एसको भविष्य नभएकोले आफू एमालेमै फर्किएको बताइन् ।












प्रतिक्रिया