
दाङ, ३१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर–किशोरीको शव फरेन्सिक विज्ञबाट पोष्टमार्टम गरिने भएको छ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको बताइएको छ ।
दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए ।















प्रतिक्रिया