
काठमाडौं, ३१ असोज । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन् ।
मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन् ।
आयोगको व्यवस्था अनुसार गुल्मीका सागर ढकालले आफूलाई मत हाल्न पाउने छैनन् । गुल्मीका सागर डडेल्धुराबाट उठेका छन् ।
ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै छन् ।















प्रतिक्रिया