
काठमाडौं, ३१ असोज । साताको दास्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको छ भने चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी तोलामा १ हजार १६० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।















प्रतिक्रिया