४ कार्तिक २०८३, बुधबार

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गाउँपालिका अध्यक्ष सत्ता गठबन्धनको चुनावी प्रचारमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३१ असोज । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सत्ता गठबन्धनको चुनावी प्रचार प्रसारमा हिँडेको पाइएको छ ।

निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै गाउँपालिकाका अध्यक्ष कालाखेती मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी कार्यक्रम अन्तर्गत मनहरीको घरदैलो अभियानमा हिँडेका हुन् ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न नपाउने र लागेको पाइएमा कारबाही हुने जनाएको छ ।