
काठमाडौं, ३० असोज । नेकपा एमाले जिल्ला कमिटी प्यूठानले निर्वाचन लक्षित चुनावी भेटघाट कार्यक्रम तथा उम्मेदवार परिचय कार्यक्रमलाई तीव्रता दिएको छ ।
जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत छुट्टा छुट्टै कार्यक्रम तय गरी गाउँ केन्द्रित अभियानलाई तीव्रता दिएको जिल्ला कमिटी अध्यक्ष बिजय विराज विष्टले जानकारी दिए ।
प्रतिनिधि सभाअन्तर्गत सूर्य ध्वजाबाहक उम्मेदवार सूर्य थापाले झिमरुक गाउँपालिकाबाट सुरू भएको अभियान सबै वडामा कार्यक्रम सम्पन्न गरी नौबहिनी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा चुनावी सभा तथा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको बताए ।
जिल्लाको सबैभन्दा दुर्गम गाउँ नौबहिनी गाउँपालिकाको वडा नं. १ स्याउलीवाङ र आज वडा नं. २ को लिघामा कार्यक्रम सम्पन्न भएको उनले बताए ।
त्यसैगरी प्रदेश सभा (ख) अन्तर्गत नौबहिनी गाउँपालिका र प्रदेश सभा (क) अन्तर्गत माण्डवी गाउँपालिका वडा तथा टोल स्तरीय उम्मेदवार परिचय कार्यक्रम सञ्चालन भइरहेका हुन् ।















प्रतिक्रिया