२ कार्तिक २०८३, सोमबार

आचारसंहिता उल्लंघनमा मेटमणि चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । निर्वाचन आयोगले गठबन्धन दलबाट उम्मेदवार बनेका नेकपा एसका उम्मेदवार मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

शहरी विकासमन्त्री समेत रहेका मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

उनले चाम बाँडेको विषयप्रति निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ आकर्षिक भएको आयोगको भनाइ छ । उक्त दफामा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख छ ।