
चितवन, ३० असोज । महामारीको रुपमा फैलिरहेको डेंगु संक्रमण नियन्त्रण गर्न सरकार उदासिन भइरहेकै बेला थप एक जना महिलाले ज्यान गुमाएकी छिन् ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो ।
डेंङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।
देशभर गत साउन महिनायता डेंगु संक्रमण पुष्टि हुनेको संख्या ४० हजार नाघेको छ भने ४८ जनाले ज्यान गुमाइरहेका छन् ।















प्रतिक्रिया