
काठमाडौं, ३० असोज । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ ।
निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए ।















प्रतिक्रिया