
– सत्यराम कासिछ्वा
देशको स्वाधीनता नै खतरामा पार्ने
नागरिकता विधेयक प्रमाणित गर्नैपर्ने
यो कस्तो गठबन्धन ?
केही लाखलाई एकैदिन नागरिकता बाँडेर
देशलाई भारतमा विलय गराउन तयार
यो कस्तो गठबन्धन ?
इतिहासमा कहिल्यै नझुकेको मेरो देश
आज सीमितको स्वार्थमा बेच्न लालायित
यो कस्तो गठबन्धन ?
देश भन्दा नि संविधान र विदेशी सहयोग
सर्वोपरी ठानी विदेशीको सामु शीर झुकाउन तयार
यो कस्तो गठबन्धन ?
देश र जनताको आकांक्षा भावनालाई
कुल्चिएर मिलिजुली समाजको परिभाषा दिने
यो कस्तो गठबन्धन ?
न त सिद्धान्त मिल्छ, न त विचार
एउटै लक्ष्य र उद्देश्य सत्ता र सरकार मात्र चाहिने
यो कस्तो गठबन्धन ?
जनताले स्वीकार गर या नगर
आफैं सर्वेसर्वा भई परमादेश जारी गराउने
यो कस्तो गठबन्धन ?
सूर्यमढी–९, भक्तपुर















प्रतिक्रिया