१ कार्तिक २०८३, आइतबार

फोपीमार्फत रिलिज हुने भयो ‘लभ नम्बर २२’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ ।

डिजिटल मार्केटको बिस्तार सँगै वेब सिरिजको निर्माण पनि बढेको छ । सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा उदाइरहेको ओटीटी प्लेटफर्म फोपीसँग मिलेर बनाएको छ ।

‘लभ नम्बर २२’ असोज ३० मा फोपीमा रिलिज हुँदैछ । अहिलेको युवा पुस्ताको कथा बोल्ने सिरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिनमा निर्माण टीम बिस्वस्त छ ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजलाई संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।

बसन्त अधिकारी एसोसियट निर्देशक रहेको ‘लभ नम्बर २२’ मा खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ सह निर्माता रहेका छन् ।