
काठमाडौं, ३० असोज । नेकपा एमालेका युवा नेता रवि किरण हमालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली व्यक्त गर्दै किरणले लेखेका छन्, ‘जोशीले साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदान र देखाएको बाटो नेपाली जनताले सदैव स्मरण गरिरहनेछन्, पछ्याउँदै अगाडि बढ्नेछौँ ।’
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान ललितपुरको ग्वार्कोस्थितस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।















प्रतिक्रिया