
काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्दै आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको बताएकी हुन् ।
‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएकामा पीडाबोध भएको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छिन् ।
जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेकी छिन् ।















प्रतिक्रिया