८ कार्तिक २०८३, आइतबार

एक हजारले घट्यो सुनको मूल्य, कति छ आजको मूल्य ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।