२ कार्तिक २०८३, सोमबार

कांग्रेस सभापति कटवालसहित नेता–कार्यकर्ता एमालेमा प्रवेश (नामसहित)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको बिगु–काठमाडौं सम्पर्क समितिका सभापति वीरेन्द्र कटवालसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार आयोजित नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठकमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो । पार्टी प्रवेश गर्नेहरूमा सभापति कटवालसहित दीपक खड्का, कृष्ण बुढोथोकी, नोरसोङ तामाङ, साङदोर्जे तामाङ, दोर्जे तामाङ, लीलामान तामाङ, आभाष लामा र तेञ्जिङ शेर्पा छन् ।

उनीहरूलाई एमाले पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङ, एमालेका तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी, बागमती प्रदेश सदस्य कृष्ण भुजेल, जिल्ला कमिटी सदस्य एवम् दोलखा–काठमाडौं सम्पर्क मञ्चका इञ्चार्ज गणेश शिबाकोटी र जिल्ला कमिटी सदस्य समेत रहेका बिगुका नेता अचुतम केसी (कटवाल)लगायत नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गरे ।

कांग्रेस सम्पूर्ण रुपमा सक्षम हुँदाहुँदै पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा चल्न थालेपछि आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले बताएका छन् । राष्ट्रवादी छवी बनाएको एमालेले अगाडि सारेको समृद्धिको अभियानबाट आफूहरू प्रभावित भएको पनि उनीहरूले बताएका छन् ।