
कपिलवस्तु, २९ असोज । जनता समाजवादी पार्टीका नेता तथा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष वजरंगीप्रसाद चौधरी एमालेमा प्रवेश गरेका छन् ।
चौधरीसँगै माधुरी अग्रहरी र कपिलवस्तु नगरपालिका वडा नं. ११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गरेका छन् ।
अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित भएका थिए ।
सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वलराम अधिकारीले जनतामा एमालेप्रतिको विश्वास बढेको भन्दै अब देशको जिम्मेवारी लिन एमालेले भारी मतले जित्नुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया