१ कार्तिक २०८३, आइतबार

यो जगतमा तिम्रै मात्र…

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोबिन्द राज ओझा (राजन)

यो जगतमा तिम्रै मात्र चर्चा हुने गर्छ
भेट हुँदा उनकै छेउमा यो मन रुन्छ ।

जिन्दगीलाई गन्तव्यमा पुग्ने समय चाहिँदोरहेछ
लक्ष्यको सागरमा पुगेपछि यो मन खुशी हुँदोरहेछ
मेरी मायालु र मेरो सधैं साथ भइरहन्छ
उसकै यादमा यो मन किन किन रुन्छ

तिमी हुन्छौ सधैं मेरो आँखा वरिपरि
तिमीलाई सम्झिरहन्छ यो मन घरिघरि
सबै कुरा मलाई मात्र थाहा कहाँ हुन्छ
तिम्रो सम्झना आउँदा यो मन रुन्छ

दिपायल सिलगढी नगरपालिका–२, दिपायल, डोटी