२ कार्तिक २०८३, सोमबार

निर्वाचन आयोगलाई प्रचण्डको स्पष्टीकरण, ‘बाजा कहाँबाट आयो मलाई थाहा भएन’

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयनका बेला बाजागाजा बजाएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

उम्मेदवारी दर्ताको क्रममा निर्वाचन आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेको थियो । प्रश्नको जवाफमा प्रचण्डले त्यसबारे आफूले केही थाहा नपाएको बताएका हुन् ।

शनिबार गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगलाई दिएको जवाफबारे जानकारी दिएका हुन् ।

‘अस्ति कसले बाजा बजाएछ । तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन । निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ,’ प्रचण्डले भने ।